विद्यालयको संक्षिप्त परिचय
मोरङको रतुवामाई नगरपालिकामा स्थित यो सरस्वती माध्यमिक विद्यालय बि.स. २०२६ सालमा स्थापना भएको हो । विद्यालयमा हाल बालकक्षा देखी कक्षा १२ सम्मको अध्ययन अध्यापन हुँदै आएको छ । कक्षा ५ देखी कक्षा १० सम्म दुई माध्यम नेपाली र अंग्रेजी माध्यम मा पढाई हुने गरेको छ भने कक्षा ११ र कक्षा १२ मा शिक्षा र व्यवस्थापन गरी दुई संकायमा पढाई हुने गरेको छ । वर्तमान सुचना प्रविधीको युगलाई विद्यालयले समेत समन्य गर्ने गरी व्यवस्थापन संकायमा कम्प्युटर विज्ञान विषय समेत हालसालै अध्ययन अध्यापन हुँदै आएको छ ।
